Logo

ओली चीन जाँदै, मिति तय गर्न दुवै देशका राजदुत सक्रिय



काठमाडौं, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली निकट भविष्यमा चीन भ्रमणमा जाने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो विदेश भ्रमण भारत गरेका ओलीको अब चीन यात्रा दोस्रो हुनेछ । हुन त ओलीले प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो विदेश भ्रमण चीनबाट सुरु गर्ने बुझिएको थियो । तर, ओलीले पहिलो भ्रमण भारतबाटै गरे ।

हुन प्रधानमन्त्री ओलीले हालै संघीय संसदलाई सम्बोधन गर्दै आफू चीन जाने घोषणा गसिकेका छन् । तर, मिति भने अहिलेसम्म तय भएको छैन् । ओलीले भ्रमणको मिति नतोकि चीन जान्छु भनेपछि नेपालका लागि चीनीयाँ राजदुत र चीनका लागि नेपाली राजदुतलाई यतिवेला हम्मेहम्मे परेको छ ।

प्रधानमन्त्री ओलीले एक्कासी चीन भ्रमणमा जाने घोषणा गरेपछि विभागीय मन्त्री परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई समेत निकै गाहा«े परेको छ । ज्ञवालीले चीनका लागि नेपाली राजदुत लिलामणि पौडेललाई समेत नेपाल बोलाएर भ्रमणको चाँचोपाँचो मिलाउन आग्रह गरेका छन् । दुवै देशका राजदुतहरु प्रधानमन्त्री ओलीको भ्रमणको मिति तय गर्न व्यस्त छन् ।

ओली जेठ १५ गते बजेट आएपछि चीन भ्रमणमा जाने बुझिएको छ । गत चैत २३ गते भारत भ्रमणमा निस्किएका ओली तीन दिने भ्रमण पूरा गरी नेपाल फर्किएका थिए । ओली चीन भ्रमणमा जाने भएपछि परराष्ट्र मन्त्रालयले पनि तिव्र रुपमा तयारी थालेको हो ।

प्रधानमन्त्री बनेपछि दक्षिण छिमेकबाट विदेश भ्रमण सुरु गर्ने परम्परा जोगाउँदै ओलीले २३–२५ चैत्रमा भारत भ्रमण सम्पन्न गरिसकेका छन् । ओलीको चीन भ्रमणको तयारी पनि गर्ने उद्देश्यले यसअघि नै परराष्ट्र मन्त्री ज्ञवालीले बेइजिङको भ्रमण गरेका थिए ।

अहिले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भैसकेको छ । नेपालमा नयाँ परिस्थिति सिर्जना भएको छ । एकल पार्टीको बहुमतको सरकार छ । एकिकृत पार्टीको प्रधानमन्त्रीको रुपमा ओली चीन जाँदैछन् । यस्तो अवस्थामा चीनले पनि नेपालको विकासमा विशेष सहयोगको घोषणा गर्नसक्नेछ ।



प्रतिक्रिया दिनुहोस्