Logo

राष्ट्रकवि घिमिरेलाई उपचारको लागि दिल्ली लगियो



काठमाडौं, ९ जेठ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको रोग पहिचानका लागि आज (बुधबार) नयाँ दिल्ली लगिएको छ। उनको शरीरको कुन भागबाट आन्तरिक रक्तश्राप भइरहेको छ भन्‍ने पहिचान गर्न उनलाई दिल्लीको मेदान्त अस्पतालमा लगिएको हो।

निन्द्रा नलाग्ने, कमजोरी महशुस हुने जस्ता समस्या झेलिरहेका राष्ट्रकवि घिमिरेलाई १३ दिन उपचार गराइरहेको धापासीस्थित ग्रान्डी इन्टरनेशल अस्पतालबाट चिकित्सकको टोली र आफन्त सहित दिल्ली लगिएको हो ।

राष्ट्रकवि घिमिरेका साथमा नर्भिक ईन्टरनेश्नल अस्पतालका डा. शिवजी विक्रम सिलवालसहित परिवारका सदस्य दिल्ली प्रस्थान गरेका हुन।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्