Logo

‘मन्त्रीको सम्पत्तिमाथि शंका लागे अख्तियारमा उजुरी गर्न मिल्छ’



जेठ १०, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारका मन्त्रीहरुले सम्पत्ति सार्वजनिक गरेपछि सबैको ध्यान तानिएको छ ।

नगद, सुन, शेयर, घर, जग्गा लगायतका शीर्षकमा मन्त्रीहरुले सम्पत्ति सार्वजनिक गरेका छन् । धनी मन्त्रीहरुले गरिब जनताको सेवा गर्लान् त भन्न प्रश्न पनि उठेको छ ।

पूर्व गृहसचिव श्रीकान्त रेग्मीले मन्त्रीको सम्पत्ति र जनतालाई दिने सेवा फरक फरक भएकाले सम्पत्ति र जिम्मेवारीलाई जोडेर तर्क गर्न नहुने बताएका छन् ।

“धनी व्यक्तिले राष्ट्रको सेवा गर्दैनन् । पदीय कर्तव्य निर्वाह गर्दैनन् भनेर अनुमान गर्नु मिल्दैन ।” रेग्मीले भने ।

मन्त्रीहरुको सम्पत्ति अवैध हो भन्ने शंका लागेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गर्न सकिने रेग्मीले बताए । उजुरी उपर कारबाही हुने भएकाले कसैलाई चित्त नबुझे प्रक्रिया जान उनले सुझाब दिए ।

मन्त्रीहरुले श्रीमतीको नाममासमेत अधिकांश सम्पत्ति राख्ने गरेको पाइएको छ । आफूले कमाएको सम्पत्ति श्रीमतीको नाममा राख्दैमा त्यसलाई अवैध भन्न नमिल्ने रेग्मीको तर्क छ ।

“अवैध ढंगले आर्जन गरेको भए अवैध, वैध तरिकाले कमाएको भए वैध हुने हो । अरु कसैको नाममा राख्दैमा अवैध हुँदैन ।” रेग्मीले भने ।



प्रतिक्रिया दिनुहोस्