Logo

मधेशीलाई अझै पनि बराबरीको अधिकार छैन : उपेन्द्र यादव



राजविराज, १० जेठ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको विकासप्रति राज्य अझै संवेदनशील नरहेको बताएका छन् ।

सप्तरीको राजविराजमा आज पार्टी जिल्ला कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेशमा चुरे विनाशले मरुभूमीकरणको खतरा र बाढी समस्या आउने देखिए पनि सरकार गम्भीर नदेखिएको आरोप लगाए ।

बढ्दो चुरेको विनाश र नदी नियन्त्रणमा केन्द्र सरकारले नै ध्यान दिनु आवश्यक रहेको औँल्याउदै अध्यक्ष यादवले तराई–मधेश मरुभूमि भए देशले नै ठूलो मूल्य चुकाउनुपर्ने बताए ।

मधेशीलाई अझै पनि बराबरीको अधिकार प्राप्त नभएको बताउँदै उनले संविधान संशोधन गरी त्यसलाई सच्याउन माग गरे ।



प्रतिक्रिया दिनुहोस्