Logo

भ्रष्टाचार भएको पाइए कारबाही गर्न ओली-प्रचण्डको निर्देशन



काठमाडौं, १० जेठ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वयले भ्रष्टाचार भएको पाइए तत्काल कारबाही गर्न निर्देशन दिएका छन् ।

बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा केन्द्रीय समितिका सदस्यहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्तो निर्देशन दिएका हुन् ।

अध्यक्षद्धय ओली र प्रचण्डले संघीय, प्रादेशिक र स्थानीय सरकारमा भ्रष्टाचार नगर्न र हुन नदिन सचेत रहनुपर्नेमा जोड दिए । दुवै अध्यक्षले पार्टीलाई सुदृढ बनाउन पार्टीले दिने जिम्मेवारीलाई इमान्दारीका साथ पूरा गर्न पनि सदस्यहरुलाई निर्देशन दिएको जनाइएको छ ।

सो अवसरमा निर्वाचन आयोगमा बुझाउनका लागि सबै केन्द्रीय सदस्यहरुको नामावली, हस्ताक्षर र नागरिकताको प्रतिलिपि लिइएको थियो ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्