Logo

सरकारको सय दिनबारे कांग्रेसले भन्यो-गति सामान्य विकृति धेरै



जेठ ११, काठमाण्डौ । केपी ओली नेतृत्वको सरकार गठन भएको एक सय दिन पूरा भएको छ । यस अवधिमा सरकाले के कस्ता काम गर्यो भन्ने चर्चा चलिरहेको छ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीले सय दिन उपलब्धिमुलक भएको दाबी गरेको छ भने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कमी कमजोरी औँल्याउने प्रयास गरेको छ । नेपाली कांग्रेसले सरकारको सय दिनको गति सामान्य भएको र विसंगित भने धेरै भएको आरोप लगाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक भिडियो सार्वजनिक गर्दै सरकारको सय दिनको विश्लेषण गरेका छन् ।

प्रवक्ता विश्वप्रकाश शर्माले भिडियोमार्फत सरकारको १२ वटा विसंगति प्रस्तुत गरेका छन् ।

संसद पदको शपथ ग्रहण नगरीकन प्रधानमन्त्री पदको शपथ लिन मिल्थ्यो? यो नैतिक र राजनीतिक प्रश्न म उठाउँदिनँ । मेरो देशको प्रधानमन्त्रीले शपथग्रहण गर्दै गर्दा भगवानको नाममा वा जनताको नाममा देशको नाममा कसैको नामबाट गर्न नपर्ने? सय दिनको शुरुवात यो विसंगतिबाट शुरु भएको थियो ।

नेपालको संविधानको धारा ८६ को उपधारा २ को ख बमोजिम तत्कालीन सरकारले राष्ट्रिय सभाको सदस्य पदमा मनोनितका लागि गरेको सिफारिसलाई अनाधिकृत ढंगले अस्विकार गर्ने कर्म सम्माननीय राष्ट्रपतिबाट जो भयो। त्यसको पछिल्तिर मनोवैज्ञानिक दबाव गर्यो ।

अति शक्तिले अति भ्रष्ट बनाउन सक्दछ भन्ने मान्यता स्मृतिमा नराख्नु सरकारको अर्को विसंगति हो । एकातर्फ संघीयतामा मुलुक जाने र शक्तिको अधिकतम विन्यास मुलुकले लिने अर्को तर्फ प्रधानमन्त्रीको कार्यालयमा राजश्व अनुसन्धान र सम्पत्ति शुद्धीकरणलगायतका निकायहरुलाई गाभ्नतर्फ लाग्ने ।
कांग्रेसको पहलमा संविधान संशोधनको प्रस्ताव अगाडि आउँदै गर्दा यो राष्ट्रघात हो भनेर करार गर्ने पार्टी नेतृत्वले सरकारको नेतृत्व गरिरहदाँ संविधान संशोधन गर्ने संकेत देखापरेको छ । हामीले यसलाई स्वागत गर्यौ। तर तरंग ल्याउने, अल्मल्याउने र अनि यसलाई सत्ताको बार्गेनिङ चिप्स बनाएर मधेश केन्द्रित दलहरुलाई संवाद गर्ने ।

नयाँ सरकार गठन भइसके पछाडि मुलुकको अर्थतन्त्रको बारेमा श्वेतपत्र जारी गर्दै गर्दा नकारात्मक सुचकलाई मात्र प्रस्तुत गरियो । मुलुकको ढुकुटी रित्तो थियो भनेर देखाउन खोजियो । जबकि ढुकुटी रित्तो थिएन। मुलुकको धरासायी थिएन भन्ने कुरा सरकारको नीति तथा कार्यक्रमले देखाइसकेको छ ।

के कुनै पनि मुलुकको न्यायालयलाई नेतृत्वबिहीन बनाउन मिल्छ? यो न्यायलाई गरेको अन्याय हो ।

कर्णाली प्रदेशबाहेक अरुको नामाकरण भएको छैन। मुख्यमन्त्रीहरु गुनासो गरिरहेका छन् आसन पाए शासन पाएन भनेका छन भनेका छन् । संघीयतामा गएपछि प्रदेशलाई सशक्त पार्नुपर्ने र बजेट एनकानुन ल्याउन नसक्नु अर्को विसंगति हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमा आउँदा त्यो बेला जेजस्तो चित्र चरित्र प्रस्तुत भयो। उग्रराष्ट्रवाद शैली यसले खण्डित गरेको छ ।

कर्मचारी प्रशासनलाई स्थायी सरकार मानिन्छ । यो सरकारले कर्मचारी प्रशासनको मनोबल गिराउने गरी विभिन्न क्रियाकलाप गरेको छ ।

कांग्रेस अब प्रतिपक्षी होइन । सबै नेपाली कम्युनिष्ट भन्ठाने होलान। लोकतन्त्रमा प्रतिपक्षी हुन्छ। हामी जिम्मेवार प्रतिपक्षीको रुपमा सरकारको विसंगित पेश गर्दैछौँ ।

चुनावअघि हाम्रो सरकार बनेपछि अतिआवश्यक मुल्यलाई नियन्त्रण गर्छौ, घटाउनेछौँ । तर सरकार बनेको यो सय दिनमा सरकारको व्यक्तित्वले सगरमाथाको उचाइ लियो कि लिएन थाहा छैन । तर बजारमा अत्यावश्य वस्तुको मुल्यले भने घनघस्याको उकालो कट्नै लागेको छ ।

सय दिनकै बीचमा सरकारले नीति तथा कार्यक्रम ल्यायो। नीति राम्रो छ । कार्यक्रम शुन्य। एक वर्षका लागि तयार गरिन्छ । सरकारले यो विर्सिएको छ । बलियो भनेको सरकारले एक्यवद्धता प्रस्तुत गर्न नसक्नु दुर्भाग्य हो ।

सरकारको १०० दिन सामान्य गति, दर्जन विसंगति, नेपाली कांग्रेसको भिडियो विज्ञप्ति

सरकारको १०० दिन…सामान्य गति, दर्जन विसंगति !!(नेपाली कांग्रेसको भिडियो विज्ञप्ति)

Posted by Nepali Congress on Friday, May 25, 2018



प्रतिक्रिया दिनुहोस्