Logo

नेविसंघद्धारा ओली र देउवाको एकसाथ विरोध (फोटोफिचर)



काठमाडौँ, ११ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सरकारको कार्यशैली र पेट्रोलियममा भएको मूल्यवृद्धि तथा आफ्नै पार्टीका सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै शुक्रबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

प्रदर्शनमा तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेलको कैद मिनाहा तयारीको पनि विरोध गरिएको थियो । नेविसंघले माउ पार्टी कांग्रेस नेतृत्वको पनि विरोध गरेको थियो ।

प्रदर्शनीमार्ग्स्थित विश्वभाषा क्याम्पसबाट सुरु भएको र्‍याली रत्नपार्क पुगेर सभामा परिणत भएको थियो । नेविसंघ काठमाडौं कार्यसमितिले आयोजना गरेको प्रदर्शनमा महामन्त्री कुन्दन काफ्ले, उपाध्यक्ष नवीन राईलगायतले सम्बोधन गरेका थिए ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्