Logo

चलचित्रमा लगानी : कोही सडकमा कोही महलमा, आधाभन्दा बढि असफल



जेठ १२,काठमाण्डौ । पछिल्ला वर्षहरुमा नेपाली फिल्मको संख्यामा बाढी नै आएको छ । तर अधिकांश फिल्मले लगानीसमेत उठाउन सकेका छैनन् ।

जसका कारण फिल्ममा लगानी गर्ने कतिपय कलाकार–निर्माता कंगाल बन्ने स्थिती आएको छ ।

केही निर्माता तथा कलाकार भने सफल पनि भएका छन् । सिमित सफलतालाई देखेर चलचित्र निर्माणका घोषणा दैनिक भैरहँदा हलमा भने नेपाली चलचित्रको व्यापार सुस्ताएको छ ।

चलचित्र चलोस् नचलोस, रिलिजका लागि सहि डेट नपाएपनि चलचित्र निर्माणमा भने नयाँ लगानीकर्ताको आगमन उस्तै छ । चलचित्रमा लगानी बालुवामा पानी बराबर छ ।

केही निर्माताहरु भने आफ्नै कमजोरीका कारण असफल भएका छन् । श्रीमतीका लागि फिल्म निर्माण गर्दै आएका निर्माता छवीराज ओझाले पछिल्लो समय करोडौँ रुपैया गुमाइसकेका छन् ।

पहिला तत्कालिन श्रीमती रेखा थापाका लागि फिल्म बनाएका छवीले अधिकाश चलचित्रबाट लगानी उठाउन सकेनन् । थापासँग सम्बन्धविच्छेद भएपछि शिल्पा पोखरेलसँग नजिकिए । पोखरेलका लागि बनाएका फिल्मले पनि लगानी उठाउन नसकेपछि अहिले छवी चिन्तित बनेका छन् ।

रेखा र शिल्पा दुवैलाई सफल बनाउँन खोज्दा आफू असफल भएको गुनासो छवीले गर्न थालेका छन् ।

छवीसँग टाडिएपछि आफै फिल्म निर्माणमा लागेकी रेखा पनि पछिल्लो समय खस्किदै गएकी छिन् । रेखाको पछिल्लो पटक प्रदर्शन भएको फिल्म रुद्रप्रिया असफल भयो । यद्यपी उनले नयाँ चलचित्र मालिकाको सुटिङ सुरु गरिसकेकी छिन् ।

नायिकाहरु चलचित्र निर्माणमा लाग्ने क्रम बढिरहेको छ । केकी अधिकारीले निर्माण गरेको कोहलपुर एक्सप्रेस पनि अपेक्षा गरेजति चलेन । देखाउनकै लागि फिल्म सफल भएको भन्दै केक भने काटिएको थियो ।

फिल्म निर्माणमा हात हालेकी रिचा शर्माको चलचित्र सुनकेशरी हलमा लागेको छ । तर यस फिल्मले पनि कुनै चमत्कार गर्ने छाँट देखाएको छैन ।

नायिका निता ढुङ्गाना पनि फिल्म बनाउने चक्करमा लागेको बताइएको छ । नायिकाहरु छुल्ठिम गुरुङ, निशा अधिकारी, झरना थापा, नम्रता श्रेष्ठ, ऋचा घिमिरे लगायतका नायिकाहरु फिल्म निर्माण गरेर आत्तिइसकेका छन् ।

थापाको ए मेरो हजुर २ भने सफल चलचित्र मानिन्छ ।

छवी ओझा जस्तै श्रीमतीका लागि मरिमेटेर लागेका विनोद मानान्धर पनि अहिले निराश छन् । सफल नायिका भनेर चिनिएकी करिश्मा मानन्धरलाई फिल्म क्षेत्रमा स्थापित गराएका विनोदलाई श्रीमती करिश्माले जस दिन चाहन्नन् ।

अर्कोतिर छोरीलाई फिल्म क्षेत्रमा प्रवेश गराउने वा नगराउने भन्नेमा विनोद र करिश्माबीच विवाद नै भयो । जिद्दी करिश्माको सामु विनोदले हार खाए ।

अहिले विनोद–करिश्मा पुत्री कविता नयाँ फिल्म खेल्दैछिन् ।

चर्चाका लागि फिल्म बनाउने, तर गुणस्तरीय फिल्मतर्फ ध्यान नदिने प्रवृत्तिले गर्दा झण्डै ९० प्रतिशत फिल्म र त्यति नै आँकडामा कलाकार असफल हुने गरेका छन् ।
लामो समय फिल्म क्षेत्रमा लागेका नायक भुवन केसी भने यही क्षेत्रबाट करोडपति बन्न सफल भएका छन् ।

त्यसैगरी दिपकराज गिरी पनि सफल निर्माताका रुपमा स्थापित भएका छन् । दिपकसँगै दिपाश्री निरौला पनि सफलताको शिखरमा चढिरहेकी छिन् ।

नेपाली चलचित्रहरुको निर्माण हुने क्रम बढेसंगै नेपालि चलचित्र हेर्ने दर्शकहरु पनि निक्कै बढेको पाइन्छन । निर्माण भएका मध्य कोहि चलचित्रहरु यस्ता छन, जसले धेरैको संख्यामा दर्शकहरुको मन जित्न सफल भएको छ भने ति चलचित्रहरु औलामा गन्न मिल्ने छन । कोहि यस्ता चलचित्र छन जुन आशातित ठूलाठूला ब्यानरका चलचित्रले पनि सफलता पाउन सकेका छैन्न । जति चलचित्र सफल भए त्यही चलचित्र सफल भएको कारण चलचित्रकर्मीहरु नया चलचित्र निर्माणका लागि उत्साहित भएका छन ।

अघिल्लो वर्ष सफल भएका चलचित्रहरुमा छक्कापञ्जा २, शत्रु गते, प्रेमगित २, ए मेरो हजुर २, म यस्तो गित गाउँछु, ऐश्वर्य, कान्छी, २ रुपैयाँ, मि.झोले आदि रहेका छन् ।

त्यसैगरी फाटेको जुत्ता, मंगलम, कृ पनि सफल भए । पर्व र लिलिबिली पनि सफल फिल्मको सुचिमा छन् ।

सफल हुने अपेक्षा गरिएका तर असफल भएका फिल्मो सूची लामै छ । पछिल्लो एक वर्षमा सायद, जोनी जेन्टलम्यान, संरक्षण, रुद्र, रुद्रप्रिया, झ्यानाकुटी, गाँठो, शब्द, दर्पणछायाँ २, लभ लभ लभ लगायतका फिल्म असफल भए ।

त्यसैगरी लालपुर्जा, पञ्चेबाजा, धनपति, कारखाना, नाका जस्ता आशा गरिएको फिल्म पनि सफल फिल्मका सूचिमा पर्न सकेनन् ।

पछिल्लो समय संख्यात्मक रुपमा नेपाली फिल्म अगाडी बढिरहेको तर गुणात्मक पक्षलाई ध्यान नदिएकाले आधाभन्दा धेरै फिल्म असफल हुने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्