Logo

उपेन्द्र यादव एक हप्ताभित्रै सरकारमा सहभागी हुने



काठमाडौं, १३ जेठ । संघीय समाजवादी फोरम नेपाल ढिलो अब एक हप्ताभित्रै सरकारमा सहभागी हुने भएको छ ।

सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आज विहान फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए ।

विहानको छलफलमा ओली र प्रचण्डले संविधान संशोधनप्रति सहमति जनाएका थिए । सरकारको तर्फबाट संविधान संशोधनप्रति प्रतिबद्धता आएपछि उपेन्द्रले पनि आफू सरकारमा सहभागी हुने जनाउ दिएका थिए ।

स्रोतका अनुसार यादव अब ढिलोमा एक हप्ताभित्रै सरकारमा सहभागी हुने संभावना छ । प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारमा फोरम नेपाललाई सहभागी गराउनेगरि यस अघिदेखि नै आन्तरिक गृहकार्य थालेका थिए ।

फोरमले सरकारको आर्थिक वर्ष २०७५ र ७६ को नीति तथा कार्यक्रममा हालेको संशोधन प्रस्ताव समेत आज फिर्ता लिएको छ ।

नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टीले विपक्षमा मत दिएका थिए । नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजाल र राजपा नेपालका सांसद अनिलकुमार झाले नीति तथा कार्यक्रममाथि राखेको संशोधन प्रस्ताव फिर्ता लिन मानेनन् ।



प्रतिक्रिया दिनुहोस्