काठमाडौं, १४ जेठ । गृहमन्त्री रामबहादुर थापा बादलले सिण्डिकेट र आर्थिक अनियमितताको अन्त्य गरी सुशासन कायम नगरेसम्म विकास नहुने बताएका छन् ।
मन्त्री थापाले भ्रष्टाचार र अनियमितता गर्नेलाई नछोड्ने चेतावनी समेत दिए । उनले भने,‘अािर्थक क्रान्ति, सांस्कृतिक क्रान्ति गर्ने बेला आएको छ । दलाली तन्त्र र सिण्डकेटलाई अन्त्य नगरेसम्म विकास सम्भव छैन, सरकार विकास गर्न प्रतिबद्धता गर्न तयार छ ।’ उनले गुण्डा, तस्कर र अपराधिक गतिविधिमा संलग्नहरुको दिनगन्ती सुरु भएको बताएका छन् ।