Logo

सर्वोच्चले माग्यो ढुंगेलको कैद सजाय मिनाहाबारे सरकारी निर्णयको फाइल



जेठ १४, काठमाण्डौ । सर्वोच्च अदालतले बालकृष्ण ढुंगेलको कैद सजाय मिनाहासम्बन्धी सरकारी निर्णयको सक्कल फाइल उपलब्ध गराउन आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय मीरा खड्का र टंकबहादुर मोक्तानको सोमबार बसेको संयुक्त इजलासले सर्वस्वसहित जन्म कैदको सजाय भुक्तान गरिरहेका ढुंगेलको कैद सजाय मिनाहासम्बन्धि सरकारी निर्णयको सक्कल फाइल महान्यायाधिवक्ताको कार्यालयबाट फिर्ता हुने गरी अदालतमा झिकाउन आदेश दिएको हो ।

सरकारले गणतन्त्र दिवसको अवसर पारेर ढुंगेलको बाँकी कैद मिनाहा गर्ने तयारी गरेपछि त्यसविरुद्ध अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रपति कार्यालय र ढुंगेललाई विपक्षी बनाइ सर्वोच्चमा रिट दायर गरेका थिए । उनले ढुंगेलको कैद मिनाहाको निर्णय रोक्न अन्तरिम आदेश माग गरेका थिए ।

गत शुक्रबार सर्वोच्च अदालतले ढुंगेललको कैद मिनाहा गर्नुको कारणबारे लिखित जवाफ पेश गर्न सरकारलाई आदेश दिँदै अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा छलफल गर्न सोमबार दुबै पक्षलाई बोलाएको थियो ।



प्रतिक्रिया दिनुहोस्