Logo

प्रत्येक प्रदेशमा रंगशाला बनाउने घोषणा



२ अर्ब ४ करोड बजेट विनियोजन

काठमाडौं,  १५ जेठ । सरकारले खेलकुद क्षेत्रको विकासका लागि २ अर्ब ४ करोड बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७५/७६ को बजेट भाषणमा मंगलबार संघीय संसदलाई संवोधनगर्दै अर्थमन्त्री युवराज खतिवडाले १८ औं एसियाली खेलकुद, १३ औं दक्षिण एसियाली खेलकुद तथा राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि २ अर्ब ४ करोड बजेट विनियोजन गरेको जानकारी दिए ।

यस्तै खेलकुद विकासलाई तीव्रता दिन हरेक प्रदेशमा एक सुविधाजनक रंगशाला बनाउने सरकारको योजना रहेको खतिवडाले बताएका छन् ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्