काठमाडौं, १५ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको बजेट कामै नलाग्ने आरोप लगाएका छन् ।
पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । बजेटपछि संसद परिसरमा प्रतिक्रिया व्यक्त गर्दै भने देउवाले, ‘हामीले अपेक्षा गरेजस्तो बजेट आएको छैन। बजेट विगतको निरन्तरता जस्तै छ।’
उनले बजेटले राष्ट्रलाई बोझ लाग्ने बताए । उनले भने,‘यो बजेट काम लाग्दैन, कार्यान्वयन हुन नसक्ने बजेट हो।’ देउवाले भने, ‘करको बोझ बढाएर उत्पादकत्व वृद्धि गर्छु भन्ने वाहियात कुरा हो। यो बजेट कार्यान्वयन हुन नसक्ने बजेट हो।’