काठमाडौँ, १५ जेठ / नेकपा कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले रोजगार सिर्जना र उत्पादकत्व वृद्धिका लागि सरकारको बजेट सकारात्मक रहेको बताउनुभएको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले भन्नुभयो, “बजेट राम्रो छ । पूर्वाधार विकास, ऊर्जा, पर्यटन, स्वास्थ्य, रोजगार, कृषिलाई प्राथमिकता दिइएको छ । रोजगार सिर्जना र काम दिने उल्लेख गरिएको छ । जनशक्ति र उत्पादकत्व बढाउने विषयमा केन्द्रित छ ।” (रासस)