Logo

घोषणापत्र र समृद्धिको सपनालाई उपेक्षा गर्यो : कार्की



जेठ १६, काठमाण्डौ । हिजो सार्वजनिक बजेटबारे विभिन्न टिप्पणी भइरहेका छन् ।
संघीयताको अभ्यासमा गएपछि पहिलो पटक आएको बजेटले सातै प्रदेशलाई छुट्याएको बजेटको विश्लेषण हुन बाँकी छ ।

तर चुनावमा तत्कालीन वाम गठबन्धनको घोषणापत्र र समृद्धिको सपनालाई उपेक्षा गरेको भने स्पष्ट छ ।

नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बजेट सुन्दा कर्णप्रिय भए पनि चुनावका बेला व्यक्त गरिएका प्रतिवद्धता पूरा नहुने बताएका छन् ।

“प्रतिवद्धतालाई व्यवहारमा उतार्ने ठोस कार्यक्रम आएको छैन । जनताको अपेक्षाअनुसार बजेट आउन सकेको छैन ।” कार्कीले भने ।

देशलाई समृद्धिको बाटोमा लैजानका लागि बजेटले कुनै भूमिका खेल्न नसक्ने भन्दै कार्कीले आकर्षणका पुलिन्दा बाँडिएको तर व्यवहारमा जनताका जीवनस्तर उकास्ने खालका कुनै कार्यक्रम नरहेको बताए ।

बजेटले प्रदेश र स्थानीय तहलाई वेवास्ता गरेको कार्कीको आरोप छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भने बजेट र अर्थमन्त्रीको बचाउ गरेका छन् । बजेट सार्वजनिक भएलगत्तै हिवो पत्रकाहरुसँग कुरा गर्दै ओलीले बजेटको कार्यन्वयन हेर्न आग्रह गर्दै देश बनाउने सपना बोकेर बजेट ल्याइएको बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्