Logo

बजेटले चुनावी घोषणापत्रलाई लत्यायो : अधिकारी



जेठ १६, काठमाण्डौ । पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीले आर्थिक वर्ष २०७५–७६ को बजेटले वाम गठबन्धनको संयुक्त घोषणापत्रलाई लत्याएको आरोप लगाएका छन् ।

“जेष्ठ नागरिकलाई मासिक भत्ता ५ हजार पुर्याउँछौँ भनेर यिनै नेताले बोलेका थिए । तर कार्यान्वयन गरेनन् । जनताबीच बाचा गरेर मात्रै भएन । यसमा म असहमत छु ।” अधिकारीले भने ।

चुनावमा भोट पाउनका लागि मात्रै आश्वासन दिएर धोका दिइएको अधिकारीले गुनसो गरे ।

तर अधिकांश कार्यक्रम वास्तविकतामा आधारित रहेको अधिकारीको बताएका छन् । देशको स्रोत साधनलाई मध्यनजर गर्दै कार्यान्वयन हुन सक्ने पक्षलाई ध्यान दिएर बजेट ल्याइएको अधिकारीको तर्क छ ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै उनले
सन्तुलित बजेट भएकाले कार्यान्वयन गर्न सकिने दाबी गरे ।

तर बजेट र कार्यक्रम कार्यान्वयनका लागि प्रधानमन्त्री केपी ओलीमा दृढ ईच्छाशक्ति हुनुपर्नेमा कोइरालाले जोड दिए । अर्थमन्त्री डा. युवराज खतिवडाले पनि कार्यान्वयनमा जोड दिनुपर्ने कोइरालाको सुझाब छ ।

प्रधानमन्त्री र अर्थमन्त्री प्रतिवद्ध भएर बजेट कार्यान्वयन गर्नतिर केन्द्रित हुनुपर्ने उनको तर्क थियो ।



प्रतिक्रिया दिनुहोस्