Logo

गायक शिव परियार ग्राण्डी अस्पतालबाट डिस्चार्ज



काठमाडौं, १६ जेठ । मोटरसाइकल दुघर्टनामा परियार घाइते भएका चर्चित गायक शिब परियार उपचारपछि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबाट डिस्चार्ज भएका छन् ।

दुर्घटना भएपछि परियार तत्काल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको इमर्जेन्सीमा पुगेका थिए । उनको उपचार ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका बरिष्ठ अर्थोपेडिक तथा स्पाइन सर्जन डा बिनोद बिजुक्छेको टिम संलग्न रहेको थियो ।

शिबको गोडामा चोट लागेको र सो चोटलाइ उपचारको भाषामा सफ्ट टिस्यु इन्जुरी अर्थात मासुमा र तन्तुहरुमा चोट लागेको हो । उनको गोडामा थोरै रगत जमेको र सो रगत सानो प्रोसपजर गरेर निकालिसकेको र अब मासु र तन्तुमा लागेको चोट निको हुन तीनहप्ताजति समय लाग्ने डा बिनोद बिजुक्छेले जानकारी दिनुभएको छ ।

शिवको हाडमा चोट नदेखिएको जिकीर गर्दै डा बिजुक्छेले र शिवको सफ्ट टिस्यु इन्जुरी निको हुन केहि समय लाग्ने तर नियमित फिजियो थेरापिलगायतका ट्रेनिङबाट चाडैं पहिलेकै अवस्थामा फर्कन सक्ने बताउनु भयो ।

शिवले पनि ग्राण्डी अस्पताल का चिकित्सकहरु नर्सिङ स्टाफ तथा कर्मचारीहरुबाट पाएको मायाँ र सद्भावका लागि आभार ब्यक्त गरेका छन् ।

राजधानीको बसुन्धारामा आइतबार बिहान शिबले चलाएको बा ८० प ९९९८ नम्बर मोटरसाइकललाई पछाडिबाट आएको बा ७८ प ८५११ नम्बरको मोटरसाइकले ठक्कर दिएपछि दुर्घटना भएको थियो ।



प्रतिक्रिया दिनुहोस्