काठमाडौं, १६ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले वर्तमान सरकारले पहिलो पटक अनुहार केन्द्रित बजेट बनाएको दाबी गरेका छन् ।
डा. खतिवडाले बुधबार मन्त्रालयमा पत्रकार सम्मलेन गर्दै यस्तो दाबी गरेका हुन् । मन्त्री खतिवडाले बजेटमार्फत अवसरको सृजना गरेको दाबी समेत गरे ।
८ प्रतिशत आर्थिक वृद्धिद्धर पुग्नै सक्दैन ? भनेर पूर्व अर्थमन्त्री डा. रामशरण महतले दाबी गर्नुभएको छ नि भनेर पत्रकार ऋषि धमलाले गरेको प्रश्नमा उनले भने,‘रामशरण महत मेरो गुरु हुनुहुन्छ, उहाँले धेरै बजेट बनाउनुभयो, तर म आर्थिक वृद्धिद्धर ८ प्रतिशतभन्दा बढि नै पुर्याएर देखाउँछु।’
त्यस्तै आफूलाई गैर–राजनीतिज्ञ भनेर लागेको आरोपको खण्डन गर्दै उनले भने,‘म पोलिटिसियन भैसकैं, नेकपाको केन्द्रिय सदस्य हुँ।’मन्त्री खतिवडाले सरकारले सबैलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन सबैमा स्वास्थ्य बीमा ल्याउन लागेको पनि जानकारी दिए । उनले भने, ‘सबैमा स्वास्थ्य बीमा भएपछि निशुल्क औषधीको बिमा पनि खारेज गरिदिए हुन्छ ।’
यस्तै लगानी प्रवद्र्धनका लागि लगानी बोर्ड ऐन, दामाशाही ऐन लगायतमा सुधार गर्ने पनि उनले बताए । निर्यात प्रवद्र्धन गर्ने विदेशी लगानीलाई सरकार रातो कार्पेटमा स्वागत गर्न तयार रहेको पनि उनले बताए ।