Logo

नेकपाको संसदीय दलको बैठकमा प्रचण्ड किन गएनन ?



काठमाडौं, १६ जेठ । सरकारले हिजो ल्याएको बजेटबारे छलफल गर्न बसेको नेकपाको संसदीय दलको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपस्थित् भएनन् । सरकारले लोकप्रिय बजेट ल्याउन रिस्क नलिएको उनको गुनासो छ ।

स्रोतका अनुसार प्रचण्डले यो बजेटलाई पनि पूरानै बजेटको निरन्तरताको संज्ञा दिएका छन् । बजेट ल्याउनुपुर्व सम्बन्धित विज्ञ तथा पूर्व माओवादी केन्द्रका नेताहरुसँग पर्याप्त छलफल समेत नगरिएको प्रचण्डको गुनासो छ । समृद्धि र विकासको युगको आरम्भ गर्न यो बजेट पर्याप्त नभएको पनि प्रचण्डले आफू निकटका नेताहरुसँग गुनासो पोखेका छन् ।



प्रतिक्रिया दिनुहोस्