काठमाडौं, १६ जेठ । सरकारले हिजो ल्याएको बजेटबारे छलफल गर्न बसेको नेकपाको संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बजेट पानीजहाज र काठमाडौंमा रेल कुदाउने भएको स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री ओलीले हिजो आएको बजेट आजसम्मको सबैभन्दा उत्कृष्ट र राम्रो भएको प्रतिक्रिया दिएका छन् । दलको बैठकमा करिब ४५ मिनेट बोलेका अध्यक्ष ओलीले बजेटको विरोध नगर्न समेत आग्रह गरेका छन् । उनले भने,‘तपाई सबैले यो बजेटको समर्थन गर्नुहोस् ।’
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरुले बजेटबारे अहिले नेकपाका सांसदलहरुलाई प्रशिक्षण दिईरहेका छन् ।