Logo

रुसको संसदमा सम्बोधन गर्न फेसबुकका संस्थापकलाई निमन्त्रणा



मस्को, १७ जेठ / रुसको माथिल्लो सदनका सांसदहरूलाई सम्बोधन गर्न सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई निमन्त्रणा गरिएको छ । 

सदनको पूर्ण बैठकलाई सम्बोधन गर्नेगरी उहाँलाई निमन्त्रणा गरिएको सभामुख भ्यालेन्टाइन मत्भीयेन्कोले बुधबार जानकारी दिनुभयो ।

“हामीले उहाँलाई एउटा निमन्त्रणापत्र पठाएका छौँ, उहाँको आगमनका लागि हामीले तयारी गर्न पाउनेछौँ,” मत्भीयेन्कोले एक समाचार संस्थासँग भन्नुभयो ।

जुकरबर्गले संसदलाई सम्बोधन गर्नुका साथै सांसदहरूसँग प्रश्नोत्तरसमेत गराउने कार्यक्रम बनाउन लागिएको उहाँले बताउनुभयो । (रासस/सिन्ह्वा)



प्रतिक्रिया दिनुहोस्