Logo

प्रतिनिधिसभामा बजेटमाथिको छलफल जारी



काठमाडौँ, १७ जेठ : प्रतिनिधिसभामा आर्थिक वर्ष २०७५/७६ को बजेटमाथिको सामान्य छलफल जारी छ । आजको छलफलमा भाग लिँदै सांसद मीनबहादुर विश्वकर्माले बजेट कार्यान्वयनमा समस्या रहेको बताउनुभयो ।

सांसद गजेन्द्रबहादुर महतले जुम्लाको विकासमा सरकार पक्षपाती रहेको गुनासो गर्नुभयो भने अर्का सांसद चित्रलेखा यादवले बजेट ऋणमुखी रहेको बताउनुभयो ।

सांसद प्रेमप्रसाद तुलाचनले आगामी सरकारले विनियोजित विकास बजेट खर्च गर्न नसक्ने तर्क गर्नुभयो ।  छलफलमा सांसदहरु दुर्गा पौडेल, डीला संग्रौला, सुदन किराती राई, प्रेमबहादुर आले, उमा रेग्मी, मोतिराम दुगड, सत्यनारायण शर्मा खनाल, मीना पाण्डे, लक्ष्मी परियार, मनकुमारी जिसी, ज्ञानकुमारी छन्त्याल, प्रकाश रसाइली, राजेन्द्रकुमार केसीलगायतले भाग लिनुभएको थियो ।

अर्थमन्त्री डा युवराज खतिवडाले यही जेठ १५ गते संघीय संसद्मा बजेट पेश गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक भोलि जेठ १८ गते शुक्रबार दिउँसो ११ बजे बस्नेछ । (रासस)



प्रतिक्रिया दिनुहोस्