Logo

किन रोए सासंद गजेन्द्रबहादुर महत ? यस्तो छ कारण



जेठ १८, काठमाण्डौ । स्थानीय तह पूर्वाधार विकास गर्न छुट्याइएको ४ करोड रुपैयाँ सासंद एक्लैले खर्च गर्न नपाउने भएपछि प्रतिनिधिसभाका निर्वाचित सांसदहरु आक्रोसित भएका छन् ।

स्थानीय तहका निर्वाचित जनप्रतिनिधिसँग सहकार्य गरेर मात्रै चार करोड खर्च गर्न पाइने गरी बजेट विनियोजन भएकाले सत्तापक्ष र प्रतिपक्षका सबै निर्वाचित सांसदले बिहीबार संसद बैठकमा सरकारको चर्को आलोचना गरेका थिए ।

सासंद गजेन्द्रबहादुर महत त ससंदमा रुन नै बाध्य भए । सांसद महतले अर्थमन्त्रीले सांसदहरुको अपमान गरेको भन्दै प्रतिनिधिसभा बैठकमा नै रोएका हुन् ।

समाजवाद उन्मुख नभई सांसद तह लगाउने बजेट सरकारले ल्याएको र अर्थमन्त्रीले सांसदहरुको अपमान गरेको महतले आरोप लगाएका थिए ।

आज विहान ऋषि धमलासँग कुरा गर्दै उनले आफूले ससंदमा जनताको गुनासो पोखेको बताए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै जुम्लाबा सासंद महतले विकासका लागि आवश्यक बजेट नदिइएकाले प्रश्न उठाउन बाध्य भएको बताए ।

“अहिले जुम्ला अँध्यारो छ । एक मेगावाट बत्ति चाहिएको छ । चार करोड वा पाँच करोड केही पनि चाहिएको छैन ।” उनले भने ।

“बहुमतको सरकारले सासंदका कुरा नसुन्ने भएकाले थप समस्या भएको महतले बताए । वाम गठबन्धनको सरकार त छ । अहिले त बहुमतभन्दा पनि धेरै बहुमत भइसक्यो । सासंदको कुरा सुन्नेवाला छैन । त्यसैले अलि बढि चिच्याउनुपर्ने भएको छ ।” महतले भने ।

बजेट आउनुपूर्व अर्थमन्त्री युवराज खतिवडालाई भेट्न खोजे पनि मौका नदिइएको भन्दै महतले गुनासो गरे ।



प्रतिक्रिया दिनुहोस्