Logo

बजेट कागलाई बेल पाक्यो हर्ष न विष्मात : सोनल



जेठ १८, काठमाण्डौ । प्रदेश नम्बर दुईका भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले सरकारले ल्याएको बजेट प्रदेश नम्बर दुईका जनतालाई कागलाई बेल पाक्यो हर्ष न विष्मात जस्तै भएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मन्त्री सोनलले बजेटले प्रदेश नम्बर दुईको कुनै पनि समस्या समाधान नगरेको आरोप लगाए ।

प्रदेश सरकारलाई पर्याप्त बजेट नदिएको अरोप लगाउँदै सोनलले जनताका समस्यालाई बजेटले छुन नसकेको बताए । संघीयताको मर्मविपरितको बजेटले देश विकास नहुने सोनलको ठोकुवा छ ।

“गरिबीको रेखामुनी रहेका जनतालाई छुनेखालको बजेट छैन । प्रादेशिक कार्यालय स्थापनाका लागि बजेटले अर्थहिन छ । किसानहरुको लागि कुनै पनि आकर्षक योजना छैन । प्रदेश सरकारलाई १५ प्रतिशत बजेट दिने भनिए पनि १० प्रतिशत मात्रै दिइएको छ ।” सोनलले भने ।

बजेटको कुनै अर्थ पनि नभएको र कार्यान्वयन पनि हुन नसक्ने सोनलको दाबी छ । तराई मधेश क्षेत्रमा बाढीको सम्भावना भएको तर बाढी नियन्त्रणका लागि बजेटमा रकम र योजना समावेश नगरिएको भन्दै सोनलले आपत्ति प्रकट गरे ।

जनतामाझ कहिल्यै नगएका अर्थमन्त्री डा. युवराज खतिवडाले ल्याएको बजेटले देशको उन्नति नहुने उनको जिकिर छ ।



प्रतिक्रिया दिनुहोस्