Logo

बजेटको मर्म नबुझ्नेहरुले मात्रै विरोध गरे : तामाङ



जेठ १८, काठमाण्डौ । आर्थिक वर्ष २०७५–७६ को बजेटको विरोध भइरहँदा कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले बचाउ गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मन्त्री तामाङले बजेटको मर्म नबुझ्नेहरुले मात्रै विरोध गरेको आरोप लगाए ।

“समाजमा दुईथरी मान्छे छन् । एकथरी बुझेर बुझ पचाउने, अर्को बुझ्दै नबुझ्ने । जान्नेहरु बुझेर बुझ पचाउँछन् । नजान्नेहरु बुझ्दैनन् ।” तामाङले भने ।

संघीयताअनुसार प्रदेश र स्थानीय तहलाई बजेट दिइएको दाबी गर्दै मन्त्री तामाङले बजेटको डेलिभरी स्थानीय तहले नै गर्ने जानकारी दिए ।

“बजेट र राजश्व कम हुन सक्छ । तर उहाँहरुले चाहेको जस्तो बजेट भएन भन्दैमा संघीयताविरोधी भन्न मिल्दैन ।” तामाङले भने ।

बजेटबारे सिङ्गो राष्ट्रलाई सोच्नुपर्नेमा स्वार्थकेन्द्रित भएर सोचिएको उनको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्