Logo

भारतमा आँधीका कारण २१ को मृत्यु



नयाँ दिल्ली, १८ जेठ / भारतीय राज्य बिहार र आन्ध्र प्रदेशमा आएको आँधीमा परी कम्तीमा २१ व्यक्तिको मृत्यु भएको छ । अधिकारीले शुक्रबार सो जानकारी दिएका छन् । 

यी दुई राज्यका कैयौँ जिल्लामा सो प्रकोपले सताएको र यसमा परी २१ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौँ व्यक्ति घाइते भएका सरकारी अधिकारीले जानकारी दिएका छन् ।

गत महिना भारतका अरु विभिन्न पाँच वटा राज्यमा भीषण वर्षापछि आएको हावाहुरी सहितको आँधीमा २५० भन्दा बढी व्यक्तिको मृत्यु हुनुको साथै अन्य चार सयभन्दा बढी घाइते भएका थिए । (रासस/सिन्ह्वा) 



प्रतिक्रिया दिनुहोस्