Logo

उपेन्द्र यादव चम्किँदा बादललाई घाटा



काठमाडौं, १९ जेठ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव हिजो सरकारमा सहभागी भएका छन् । यादव उपप्रधानमन्त्री बनेका हुन् ।

यादवसँगै रक्षामन्त्री ईश्वर पोखरेलपनि उपप्रधानमन्त्री बने । यादव र पोखरेल उपप्रधानमन्त्री बनिरहँदा तत्कालिन नेकपा माओवादी केन्द्रबाट गृहमन्त्री बनेका रामबहादुर थापा बादललाई भने ठूलो घाटा लागेको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि अब बादलले उपप्रधानमन्त्रीको लागि बार्गेनिङ् गर्न सक्ने अवस्था छैन् । गृहमन्त्री बन्नुपुर्व पनि बादलले प्रधानमन्त्रीपछिको वरियता माँगेका थिए ।

पार्टी एकता नहुँदा तत्कालिन नेकपा माओवादी केन्द्रबाट सरकारको नेतृत्व गर्दै बादल गृहमन्त्री बनेका थिए । हिजो भएको चौथो पटकको मन्त्रिमण्डल विस्तारमा रक्षामन्त्री पोखरेललाई उपप्रधानमन्त्रीमा बढुवा गरिएको हो भने यादवलाई हिजै उपप्रधानमन्त्रीसहित स्वास्थ्य मन्त्रीमा नियुक्त गरिएको थियो ।

नवनियुक्त उपप्रधानमन्त्रीद्धय पोखरेल र यादवलाई शुक्रबार अपरान्ह राष्ट्रपति विद्या भण्डारीले सपथ खुवाएकी थिइन्। वरीयतामा यादव तेस्रोमा रहनेछन् । प्रधानमन्त्रीपछि पोखरेल दोस्रो वरियतामा छन् । यादव यसअघि २०६५ सालमा परराष्ट्र तथा उपप्रधानमन्त्री भएका थिए।



प्रतिक्रिया दिनुहोस्