जेठ २०, काठमाण्डौ । तत्कालिन राजा ज्ञानेन्द्रको शाषनकालका पूर्वगृहमन्त्री दानबहादुर शाहीको निधन भएको छ । ७६ वर्षीय शाहीको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
आइतबार बिहान ७ बजेर ५ मिनेट जाँदा उनको मृत्यु भएको हो ।
श्वासप्रश्वास, मुटु रोगसँगै दुवै मिर्गाैला फेल भएर डाइलाइसिस् गर्दै आएका शाही डेढ महिनाअघि अस्पताल भर्ना भएका थिए ।
डोटीको डुम्राकोट घर भएका शाही तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालका गृहमन्त्री थिए ।