Logo

राष्ट्रकवि घिमिरे पुनः अस्वस्थ, आइसियुमा भर्ना



जेठ २०, काठमाण्डौ । हिजो भर्खर भारतमा उपचार गरेर फर्किएका राष्ट्रकवि माधवप्रसाद घिमिरे फेरि अस्पताल भर्ना भएका छन् ।

राष्ट्रकवि घिमिरेको ग्राण्डी अन्तराष्ट्रिय अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।
घिमिरेमा बाइल्याट्रल निमोनिया देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

स्वास्थ्यमा समस्या आएपछि घिमिरे जेठ पहिलो साता पनि अस्पताल भर्ना भएका थिए । मुटु, मिर्गौला र फोक्समा समस्याका साथै आन्तरिक रत्तश्राव भएपछि घिमिरे ९ जेठमा भारत गएका थिए ।

मेदान्त अस्पतालमा उपचार गरेर राष्ट्रकवि घिमिरे शनिबार दिउँसो स्वदेश फर्किएका थिए । तर आज विहानै स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको हो ।



प्रतिक्रिया दिनुहोस्