Logo

सुर्तीजन्य पदार्थ रोकथामको लागि विद्यार्थीद्धारा अभियानको थालनी



काठमाडौं, २० जेठ । काठमाडौंको कपनस्थित् जोसेफ माध्यामिक विद्यालयका विद्यार्थीहरुले सुर्तीजन्य पदार्थको रोकथामको लागि अब अभियान नै सञ्चालन गर्ने भएका छन् ।

आईतबार विद्यालय परिसरमा क्यान्सर काउन्सिल नेपालको आयोजना र माछापुच्छ्े बैंकको प्रायोजनमा आयोजित बृहत्त अन्तरक्रियात्मक तथा जनचेतनामूलक कार्यक्रममा सहभागी विद्याथीहरुले विद्यालय वरिपरि सुर्तीजन्य पदार्थको रोकथामकोलागि आजैबाट पहल गर्ने वचनबद्धता जनाएका हुन् ।  त्यस्तै विद्यार्थीहरुले यो अभियानलाई देशव्यापी बनाउने पनि विश्वास दिलाएका छन् ।

कार्यक्रमका प्रमुख अथिति समेत रहेका बरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेलले फ्रान्सजस्तो देशमा जनचेतनाकै कारण सुर्तीजन्य पदार्थको प्रयोगमा उत्साहित रुपमा कमी आएको दृष्टान्त पेश गरेका थिए । डा. पौडेलका अनुसार नेपालले पनि अब यस्तो उदाहरणीय कार्यलाई व्यवहारिक रुपमा उतार्न सके सुर्तीजन्य पदार्थको रोकथाम छोटो समयमा हुन सकने सुझाए ।

सुर्तीजन्य पदार्थ रोकथामका लागि अभियान चलाउँदै आएका क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले विद्यालयस्तरबाट नै सुर्तीजन्य रोकथामको लागि सरोकारवाला पक्षले जोड दिनुपर्ने बताए । उनले भने,‘सुर्तीजन्य पदार्थ रोक्न सकेमात्रै गम्भिर किसिमका रोगहरुको रोकथामको लागि मद्दत पुग्नेछ।’

कार्यक्रममा माछापुच्छ्रे बैंककी प्रतिनिधि प्रतिमा पाण्डेले आफ्नो बैंकको तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगर्त सुर्तीजन्य पदार्थ नियन्त्रण गर्नको लागि क्यान्सर काउन्सिल नेपालसँग सहकार्य गर्दै अघि बढ्ने विश्वास दिलाईन् ।

त्यस्तै कार्यक्रममा जोसेफ स्कुलका प्राधानाध्यापक सुर्यबहादुर अधिकारीले पनि विद्यालयको तर्फको क्यान्सर पीडित बालबालिकालाई निःशुल्क अध्यापन गराउने प्रतिबद्धता जनाएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्