Logo

भोलिबाट नेपाल स्वच्छ वातावरण महाअभियान’ सञ्चालन हुन्छ



काठमाडौं, २१ जेठ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले भोलिबाट ‘नेपाल स्वच्छ वातावरण महाअभियान’ सञ्चालन गर्ने बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री बस्नेतले धुलो र धुवाँबाट प्रताडित जनतालाई मुक्ती दिलाउनको लागि आफूहरुले फोहोर व्यवस्थापन र सरसफाई, प्रदुषण नियन्त्रण, हरियाली प्रर्वद्धन र स्वच्छ वातावरण बनाउन उक्त महाअभियान सञ्चालन गर्न लागेको जनाए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले विश्व वातावरण दिवसको अवसर पारेर भोलि उक्त महाअभियानको उद्धघाट्न प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने समेत स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्