Logo

पत्रकार धमला सम्मानित एवम् पर्यटन पत्रकार संघको सल्लाहकारमा मनोनित



काठमाडौं, २१ जेठ । राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) को आगामी दुई वर्षे कार्यकालको लागि रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलालाई सल्लाहका मनोनित गरेको छ ।

संघका अध्यक्ष शिव अधिकारीको अध्यक्षतामा आज सम्पन्न कार्यक्रममा पत्रकार धमलालाई पत्रकारिता र पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै सम्मान समेत गरिएको थियो ।

पूर्व मन्त्री एवम् नेकपाका नेता आनन्द पोखरेलले धमलालाई सम्मान गरेका थिए ।  (नाटोज)ले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी महिला आरोही कल्पना महर्जन र छोकी शेर्पालाई सम्मान गरेको छ ।

नाटोजले सोमबार पक्नाजोल, ठमेलस्थित काठमाडौं गार्डेन होममा एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो ।
उनीहरुलाई पूर्व पर्यटनमन्त्री तथा नेकपाका केन्द्रीय सदस्य पोखरेलले खादा, माला र सम्मानपत्र प्रदान गरेका थिए ।

आरोही महर्जनसँगै रोशा बस्नेत, रोजिता बज्राचार्य र देउराली चाम्लिङले प्रथम महिला सगरमाथा आरोहण २०१८ अभियानबाट एकै साथ सगरमाथाको सफल आरोहण गरेका हुन् । यस्तै शेर्पाले बुद्ध नेपालमा जन्मेको सन्देश प्रवाह गर्ने अभियान लिएर सगरमाथाको सफल आरोहण गरेकी थिइन् ।

कार्यक्रममा पूर्व पर्यटनमन्त्री पोखरेलले सफल आरोही महर्जन र शेर्पाले सगरमाथा चढेर साहासिक काम महिलाले पनि गर्न सक्छन् भन्ने उदाहरण पेश गरेको भन्दै बधाई ज्ञापन समेत गरे ।

सगरमाथा संसारको पवित्रस्थल भएपनि पछिल्लो समय फोहरको समस्या जटिल बन्दै गइरहेको उल्लेख गर्दै उनले राज्य, निजी क्षेत्र, आरोही र स्थानीयबीचको समन्वयमार्फत समस्याको समाधान खोजिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दीपक महतले विभिन्न कीर्तिमानी कायम गर्ने क्रममा महिलाहरुले पनि सगरमाथाको सफल आरोहण गरी नयाँ कीर्तिमान कायम गर्नु गौरबको विषय भएको बताए । उनले महिलाहरुको साहासिक कामको राज्य र सम्बन्धित निकायले कदर गर्नुपर्नेमा जोड दिए ।

गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल)का अध्यक्ष कमल सापकोटाले पर्वतीय पर्यटन विकासमा महिलाहरुको अतुलनीय योगदान रहँदै आएको सन्दर्भमा महिला आरोहीहरुले सगरमाथा चढेर नयाँ आयम थपेकोमा बधाई ज्ञापन गरे ।

नाटोजले गाउँ पर्यटन र समग्र पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै अध्यक्ष सापकोटाले आगामी दिनमा संस्थागत सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धतासमेत जनाए ।

टे«किङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहालले महिला पत्रकारहरुले पत्रकारिताको माध्यमबाट मात्रै नभएर सगरमाथा चढेर थप आफ्नो क्रियाशिलता प्रमाणित गरेको भन्दै बधाई ज्ञापन गरे ।

मुलुक सम्बृद्धितर्फ अघि बढिरहेको बेला पर्यटन क्षेत्रमा महिलाहरुको सहभागिता र क्रियाशिलता बढ्नु गौरबको विषय भएको पनि उनले बताए ।

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलियाले विविध चुनौतिहरुको सामना गरेर सगरमाथा चुमेकोमा महिला आरोहीहरुलाई बधाई ज्ञापन गर्दै यसलाई निरन्तरता दिन आग्रह गरे । उनले पर्यटन क्षेत्रको विकासमा सबैले आआफ्नो क्षेत्रबाट योगदान दिनुपर्नेमा जोड दिए ।

नाटोजका अध्यक्ष शिव अधिकारी (अविरल)ले नाटोजले आफ्नो स्थापनाकालदेखि नै विभिन्न गतिविधि सञ्चालन गर्दै आइरहेको सन्दर्भमा कल्पना महर्जनले समग्र पर्यटन पत्रकारहरुको प्रतिनिधित्व गर्दै सगरमाथा आरोहण गर्नु गौरबको विषय भएको बताए ।

संस्थाले विगतदेखि नै पर्यटन पत्रकारहरुको कामको उत्कृष्ठता र क्रियाशिलतालाई हेरेर सम्मान तथा प्रोत्साहनमूलक कार्य गर्दै आइरहेको बताउँदै उनले आगामी दिनमा यसलाई थप बढावा दिदै जाने प्रतिबद्धता जनाए ।

सो अवसरमा आफ्नो अनुभव सुनाउँदै नाटोजका केन्द्रीय कोषाध्यक्षसमेत रहेकी आरोही कल्पना महर्जनले सगरमाथाको चुचुरोेमा पुग्दा संसार जितेको अनुभूति भएको बताउँदै आफ्नो अभियानमा साथ सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरिन् ।

उनले समग्रमा सबै आरोहीहरुको अनुभव मिल्दो जुल्दो भएको बताउँदै आधार शिविर क्षेत्रमा फोहरको डंगुर देख्दा आफुलाई सबैभन्दा बढि दुःख लागेको बताइन् । उनले अबका दिनमा आफ्नो ठाउँबाट सकेसम्म सगरमाथा सरसफाई अभियानमा जुट्ने प्रतिज्ञसमेत गरिन् ।

अर्की महिला आरोही छोकी शेर्पाले बुद्ध नेपालमा जन्मेको सत्यतालाई बंग्याएर विभिन्न भ्रम छर्ने काम भइरहेको बताउँदै विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट त्यो भ्रम चिर्न सफल भएकोमा खुशी प्रकट गरिन् । सगरमाथा क्षेत्रमा विशेषगरी फोहरको समस्या देखिएको भन्दै उनले सबै मिलेर सफाई अभियान गर्नुपर्नेमा जोड दिइन् ।

त्यस्तै नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलियालाई कानुनी सल्लाहकार र माधव प्रकाश सुवेदीलाई आर्थिक सल्लाहकारमा मनोनित गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्