जेठ २२, काठमाण्डौ । समान्य प्रशासन मन्त्री लालबाबु पण्डितले नियमको पालना नगर्ने कर्मचारीलाई जेल हाल्नेसम्मको कारबाही गर्न सरकार बाध्य हुने चेतावनी दिएका छन् ।
टेलिभिजन कार्यक्रममा ऋषि धमलासँग कुरा गर्दै मन्त्री पण्डितले पछिल्लो समय कर्मचारीहरुले प्रधानमन्त्री केपी ओलीलाई फोन गरेर आफूलाई दबाब दिने प्रयास गरेकोसमेत खुलासा गरेका छन् ।
प्रधानमन्त्रीबाटै दबाब आए पनि आफू पछि नहट्ने बताउँदै पण्डितले भने, “प्रधानमन्त्रीलाई फोन गरेर दबाब दिएका छन् । बरु राजिनामा दिन्छु सम्झौता गर्दिन ।”
कर्मचारीलाई नियमअनुसार काम लगाउने कुरामा कसैसँग सम्झौता नगर्ने पण्डितको अडान छ ।
“भ्रष्ट र घुसखोरी कर्मचारीलाई जेल हाल्छु । देश र जनताको पक्षमा काम गर्दा कसले रोक्दोरहेछ हेरौँला ।” मन्त्री पण्डितले भने ।