Logo

सत्तारुढ दलकै कारण संसद सञ्चालन नियामावली पारित नभएको हो : पौडेल



शक्तिशाली सरकारलाई कार्यकारी राष्ट्रपति किन चाहियो ?

काठमाडौं, २३ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले सत्तारुढ दल नेकपाकै कारण संसद सञ्चालन नियामावली पारित हुन ढिलाई भैरहेको आरोप लगाएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले सत्तारुढ दलकै कारण नियामावली पारित हुन नसकेको बताएका हुन् । पौडेलले फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्ने व्यवस्थासहित संघीय संसदको दुवै सदनमा विचाराधीन संसद नियमावली पारित गर्न दुई तिहाई बहुमत प्राप्त सरकारलाई कसले रोक्यो भनि प्रश्न तेसाए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्ने व्यवस्था संसद नियमावलीमा नभई कानुनमै व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । अदालतले संसदको नियामावली नचिन्ने बताउँदै उनले अदालतले नै चिन्नेगरि निलम्बन गर्ने व्यवस्था गर्न उनको माँग थियो ।

उनले भने,‘कांग्रेस अपराधी, बलात्कारीको बचाउ गर्न लागेको होईन, नेकपालाई आफूले चाहेको काम गर्न संसदमा अवरोध गर्ने स्थिति छैन, उहाँहरुसँग दुई तिहाई बुहमत छ, नियामावली पारित गर्न कसले रोक्यो ? कांग्रेसले नचाहेरेर नियामावली रोकिएको होईन्।’

सरकारले संविधान संशोधनको नाममा मुलुकमा राजनीतिक अस्थिरता ल्याउन चाहेको नेता पौडेलको आरोप छ । उनले भने,‘संविधान संशोधनबारे पहिले र अहिलेको विषय फरक छ, ओली सरकार अहिलेसम्म ईतिहाँसकै शक्तिशाली सरकार हो, उहाँसँग दुई तिहाई छ, हुन त विपीको पनि दुई तिहाईको सरकार थियो तर उहाँको लागि शक्तिशाली राजा बाधक थिए, विपीले काम गर्न खोज्दा राजाले कु गरेर हटाईदिए, तर अहिले ओलीलाई त्यस्तो अवस्था छैन्।’

वर्तमान सरकारको कारण अहिले नयाँ खाले बहस चर्चामा आएको समेत उनले बताए । उनले भने,‘निर्वाचनभन्दा पहिले अर्कै कुरा, अहिले बहुमत ल्याएपछि उहाँहरुलाई कार्यकारी राष्ट्रपति किन चाहियो ? मुलुकलाई नयाँ बाटोतर्फ किन लैजान खोजिँदैछ ? हाम्रो प्राथमिकता त समृद्धि र सुशासन हो।’

के कुराले गर्दा उहाँहरुलाई प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जानुपर्यो भन्दै उनले प्रश्न गरे । उनले भने,‘मुलुकलाई नयाँ नायँ कुराको प्रयोग किन गर्नुपर्यो?, नेपाल प्रयोगशाला होईन्।’

नेकपाकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त यसबारेमा बोलिसक्नुभयो नि भनेर सोधिएको प्रश्नमा नेता पौडेलले भने,‘यो प्रचण्डको आवश्यकत्ता होला तर देश र जनताको आवश्कत्ता होईन, कसैलाई हिरोईज्म देखाउनको लागि मात्रै यो देश हो र ?’

नेता पौडेलले आफ्नो पार्टीले ध्वंसात्मक कुरामा विश्वास नगर्ने भएकोले अहिले प्रतिपक्ष दलको संसदमा भूमिका कमजोर भएको हो कि जस्तो देखिएको बताए । उनले भने,‘हामी गैरजिम्मेवार प्रतिपक्षी होईनौं, कसैले बजेट ल्याउँदा ब्रिफ केश नै च्यात्नुपर्छ भन्ने छैन, सरकारले काम गर्न पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो।’

प्रधानमन्त्री केपी शर्मा ओलीले नाकाबन्दीबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग् एक शब्द पनि बोल्न नसकेको, वृद्धभत्ता ५ हजार पुर्याउँछु भनेर बोलेपनि बजेटमा त्यो कुरा नआएको बताउँदै उनले भने,‘संसदीय व्यवस्थामा ढाँट्न पाईँदैन्, अहिले त हुँदा हुँदै नेपाल विश्वमै सबैभन्दा बढि कर लिने देशको रुपमा चिनिने भयो, प्रधानमन्त्री ओलीले आफ्नो पहिलो कार्यकालमै तुईनमुक्त हुन्छ भने अहिलेसम्म भएको छैन, दोस्रो कार्यकालमा उहाँले ७५३ वटै स्थानीय तहमा सिटिभिटीबाट मान्यता प्राप्त अध्ययन केन्द्र खोल्ने भन्नुभयो, तर बजेटमा आएन्।’

त्यस्तै पानीजहाज ल्याउँछु भनिएपनि संभाव्यता अध्ययनको लागि बजेटमा जम्मा ३० लाख छु्टयाईएको उनले बताए । त्यस्तै उनले प्रधानमन्त्रीले आफू मातहातमा ११ प्रतिशत बजेट राखेर के गर्न खोजेको भन्दै प्रश्न तेर्साए ।

उनले भने,‘बजेटमात्रै होईन, प्रधानमन्त्रीले राजश्व अनुशन्धान विभाग र राष्ट्रिय अनुशन्धान विभाग र सम्पत्ति शुद्धिकरण विभाग किन आफू केन्द्रित गर्नुभयो ?’

नेता पौडेलले संविधान पूर्ण छैन भन्ने उपेन्द्र यादव र संविधान पूर्ण छ भन्ने केपी ओलीबीचको गठजोड के हो भन्दै प्रश्न समेत गरे ।



प्रतिक्रिया दिनुहोस्