Logo

स्वास्थ्यलाई संस्कृतिको रुपमा विकास गर्नुपर्छ : डा. महतो



नेपाल मेडिसिटीमा अब्स्टेट्रिक क्रिटिकल केयर वर्कशप सम्पन्न

काठमाडौं, २३ जेठ । स्त्री तथा प्रसुति रोग विशेषज्ञहरुको अब्स्टेट्रिक क्रिटिकल केयर वर्कशप नेपाल मेडिसिटीमा सम्पन्न भएको छ ।

नेपाल सोसाईटी अफ अब्स्टेट्रिसियन तथा गाइनोकोलोजिष्टहरुको १५औं राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा प्रि–कन्फरेन्स वर्कशपमा नेपालका विभिन्न स्थानहरुबाट करिब ६० जना स्त्री तथा प्रसुति रोग विशेषज्ञहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले स्वास्थ्यलाई संस्कृतिको रुपमा विकास गरी प्रत्येक नेपालीले आफू र सबैलाई स्वस्थ्य बनाउनु पर्ने बताउनुभयो ।

महतोले चिकित्सकहरुले अब नेपालीहरुलाई उपचारको लागि विदेश पठाउँदिन भन्ने संकल्प गर्नुपर्ने बताउनु भयो । नेपाल मेडिसिटी अस्पतालमात्र नभई एक अभियान भएकोले अब नेपालीहरुको उपचार देशमै सम्भव बनाउने प्रयास आफूहरुले गरिरहेको अध्यक्ष महतोको भनाइृ थियो ।

कार्यक्रममा नेपाल मेडिसिटी अस्पतालकी स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. निरा सिंहले फिजियोलोजी इन क्रिटिकल केयर अब्स्टेट्रिक्सको बारेमा जानकारी गराउनु भएको थियो ।

नेपाल मेडिसिटी अस्पतालको एनेस्थेसियोलोजी विभागका प्रमुख डा. अपूर्व शर्माले एसेसमेन्ट अफ क्रिटिकल्ली इल पेसेन्ट तथा कार्डियोलोजी तथा क्रिटिकल केयर विभागका प्रमुख डा. लव नर्सिङ्ग जोशीले कार्डियाक इभ्यालुएसन इन अब्स्टेट्रिक्सको बारेमा जानकारी गराउनु भएको थियो ।

त्यसैगरी नेपाल मेडिसिटी अस्पतालकै डा. दिप्तेश अर्यालले सेप्सिस एण्ड मल्टी अर्गान फेलुअर इन अब्स्टेट्रिक्स पेसेन्ट, रेडियो इमेजिङ्ग विभागका प्रमुख डा. राम कुमार घिमिरेले रोल अफ इमेजिङ्ग एण्ड सोनोलोजी इन क्रिटिकल्ली पेसेन्ट र मेडिकल इस्युज इन प्रेग्नेन्सीका बारेमा नेपाल मेडिसिटी अस्पतालका पल्मोनोलोजिष्ट डा. संजितकृष्ण श्रेष्ठले बताउनु भयो ।

कार्यक्रमको दोश्रो चरणमा प्रयोगात्मक ज्ञान आदानप्रदान गरिएको उक्त कार्यक्रममा रिसस्टिटेशन एण्ड हेमोडायलाईसिस म्यानेजमेन्ट, एयरवे म्यानेजमेन्ट एण्ड मेकानिकल भेन्टिलेसन, इमरजेन्सिज इन अब्स्टेट्रिक्स र इक्विपमेन्ट एण्ड टुल्सका बारेमा बताईएको थियो ।

कार्यक्रममा नेपाल सोसाईटी अफ अब्स्टेट्रिसियन तथा गाइनोकोलोजिष्टका डा. गणेश दंगाल र डा. अमिरबाबु श्रेष्ठले पनि आफ्नो धारणा राख्नु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्