Logo

विश्व रक्तदाता दिवस : भोलिबाट ब्लोदानको साताव्यापी बृहत्त कार्यक्रम सुरु हुने



रक्तदानको बारेमापनि सरोकारवाला संवेदनशील हुनुपर्छ : धमला
काठमाडौं, २४ जेठ । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले आर्थिक, राजनीतिक क्षेत्रका कुराहरुमात्रै नभएर रक्तदानको बारेमापनि संवेदनशील हुनुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा ब्लड डोनर्स एशोसिएशन नेपालले यही जेठ २५ गतेदेखि जेठ ३१ गतेसम्म हुने साताव्यापी रक्तदानसम्बन्धी कार्यक्रमको जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पत्रकार धमलाले यस्तो बताएका हुन ।

उनले भने,‘देशमा राजनीतिको बारेमा, परिवर्तनको बारेमा धेरै कुराहरु भए, अबका दिनमा राजनीतिक, आर्थिकमात्रै नभएर रक्तदानका बारेमा पनि बहस हुनुर्छ, जनचेतना फैलाउनुपर्छ, यसो गरिएको खण्डमा र रक्तदान गर्नेहरुको संख्या बढ्छ, मानिस स्वस्थ हुनुको लागिपनि रक्तदान आवश्यक छ, त्यसैले म पनि तीन महिनाको एकचोटी रक्तदान गर्ने प्रण गर्दछु ।’

उनले अघि थपे,‘राजनीति, अर्थनीतिका कुराहरु धेरै भए, अबका दिनहरुमा रक्तनीतिको बारेमा छलफल हुनुपर्छ, त्यसले जीवनदान दिएको त एउटा राम्रो काम भयो नै त्यसैमा पुण्यकाम पनि हुन्छ, म हात जोडेर भन्छु, काठमाडौंमा मात्रै होईन ग्रामीण ईलाकामा पनि रक्तदान केन्द्रको स्थापना गरौं र रक्तदान पनि गरौं ।’

संस्थाका कार्यवाहक अध्यक्ष रमेशध्वज बस्नेतले आफुहरु २५ वर्षदेखि रक्तदानको क्षेत्रमा काम गर्दै आईरहेको भएपनि सोचे अनुरुप सफलता हाँसिल गर्न नसकेको गनासो पोखे ।

उनले भने,‘हामीले २५ वर्षदेखि रक्तदानको बारेमा धेरै गर्न खोज्यौं तर जति सोचेको थियौं विभिन्न कारणले त्यति सफलता हात पार्न सकेका छैनौं, अबका दिनहरुमा रगतको अभाव हुन नदिनको लागि हाम्रो प्रयास जारी रहनेछ, जनचेतना फैलाउनेछौं, उत्प्रेरणा दिने खालका कार्यक्रमहरु गर्नेछांै ।’

त्यस्तै काक्रममा संस्थाका संस्थापक सदस्य अर्जुनप्रसाद मैनालीले रक्तदानका बारेमा जनचेतनाको कमी भएको बताएका छन् । उनले भने,‘मैले १६३ पटक रक्तदान गरिसकेको छु, संसारका विभिन्न देशहरुमा पुगेर रक्तदान गर्नुपर्छ स्वस्थ भईन्छ भनेर जनचेतना दिँदै हिँडेको मानिस मै हुँ, म स्वस्थ छु, रक्तदान गर्दा कमजोर भईन्छ, रोगी भईन्छजस्तो गरिन्छ त्यो गलत हो ।’

कार्यक्रममा कलाकार एवम् पत्रकार श्रीकृष्ण सिंखडाले संघीय संरचनाको आधारमा रक्तदान केन्द्रको स्थापना हुनुपर्नेमा जोड दिएका छन् । उनले भने,‘मुलुक संघीय संरचनामा गैसकेको स्थिति छ, यस्तो स्थितिमा रगतको कमी हुन नदिनको लागि संघीय संरचना अनुसार रक्तदान केन्द्रहरु स्थापना गर्नुपर्छ, यसको लागि बजेट विनियोजन गर्र्नुपर्छ ।’

संस्थाका महासचिव ई.सानुबाबु प्रजापतिले कार्यक्रमको उद्देश्यका बारेमा स्पष्ट पारेका थिए । नेपाल अधिराज्यमा रगतको आवश्यकता पर्ने सबैलाई बिना सोधभर्ना रगत उपलब्ध गराउन सक्ने अवस्था सिर्जना गर्नेमा आफूहरु लागि परेको उनको भनाई थियो ।

प्रजापतीले भने,‘हामीले विगतेदखि नै यस समस्यालाई न्युनिकरण गर्नको लागि निरन्तर प्रयास गर्दै आईरहेका छौं, विभिन्न सप्ताहव्यापी कार्यक्रमहरु गर्दै आएका छौं, भोलिका दिनमा पनि यस्ता कार्यक्रमहरु गर्दै जानेछौं ।’

कार्यक्रममा एशोसियनका कोषाध्यक्ष एवम् सप्ताव्यापी कार्यक्रमका प्रमुख संयोजक मचाकाजी महर्जनले विश्व रक्तदाता दिवसको उपलक्ष्यमा आफूहरुले उक्त साताव्यापी कार्यक्रमहरु राखेको स्पष्ट पारेका छन् ।

महर्जनले दिएको जानकारी अनुसार ब्लोदानको मुख्य आयोजनामा विभिन्न संघसंस्थाहरुको संयोजन तथा सह–आयोजनामा भोलि जेठ २५ गतेदेखि जेठ ३१ गतेसम्म रक्तदानसम्बन्धी विभिन्न कार्यक्रमहरु हुँदैछ।

जस अनुसार भोलि जेठ २५ गते रक्तदानसम्बन्धी महिला अन्तरक्रिया, २६ गते बृहत्त रक्तदान तथा नेगेटिभ रक्तसमूह अन्तरक्रिया, २७ गते युवा रक्तदाता भेटघाट, २८ गते उपत्यकाव्यापी विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, २९ गते उपत्यकाव्यापी विद्यालयस्तरीय चित्रकला प्रतियोगिता, ३० गते रक्तदान जनचेतना ¥याली र ३१ गते वृहत्त रक्तदान, विश्व रक्तदाता दिवस मूल समारोह कार्यक्रम तथा दिप प्रज्वलन कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्