Logo

संसद सञ्चालन नियामावली भोलि पारित हुन्छ : यादव



काठमाडौं, २४ जेठ । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले प्रतिनिधि सभा सञ्चालन नियमावली भोलि सर्वसम्मतीले पारित हुने स्पष्ट पारेका छन् ।

बिहीबार साँझ प्राईम टेलिभिजनबाट प्रशारण भएको एक कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले यस्तो खुलासा गरेका हुन् ।

यसअघि कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले हिजो बुधबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा प्रतिनिधिसभा सञ्चालन नियमावली शुक्रबार संसदको बैठकबाट पारित हुने स्पष्ट पारेका थिए ।

मन्त्री तामाङले नियमावलीमा सहमति जुटाउन अझै पनि प्रयास भैरहेको भन्दै शुक्रबार पारित हुने बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्