Logo

प्रतिनिधिसभा संसद नियमावली पेश हुँदै



काठमाडौं, २५ जेठ  । प्रतिनिधिसभाको आज बस्ने बैठकमा संसद नियमावली पेश गरिने भएको छ ।  सांसद कृष्णभक्त पोखरेलको संयोजकत्वमा गठित प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले तयार पारेको ‘प्रतिनिधि सभा नियमावली, २०७५’को मस्यौदा दफावार छलफलका लागि संसदमा पेश गर्न लागिएको हो ।

फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्ने/नगर्ने विषयमा सत्ता र विपक्षका सांसदबीच कुरा नमिल्दा नियमावली संसदमा पेश हुन सकेको थिएन ।

सत्तापक्षीय सांसदहरु निलम्बन तथा विपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी भने पूर्पक्षका लागि थुनामा राखिएका सांसदलाई अभियोग पुष्टि नभएसम्म निलम्बन गर्न नहुने अडानमा थिए । तर आज पेश गरिने नियमावलीमा निलम्बन शब्द नराख्न सत्ता र विपक्षी दुबै सहमत भएका छन् ।



प्रतिक्रिया दिनुहोस्