Logo

धनुषाको ढल्केवरमा एक सातादेखि हात्ती आतंक



धनुषा, २६ जेठ । धुनषाको मिथिला नगरपालिकास्थित् ढल्केवरमा एक सातादेखि हात्तीले आँतक मच्चिएको छ । ढल्केवरमा एक सातादेखि हात्तीले घर भत्काउने लगायतका अन्य उपद्रो मच्चाएपछि अहिले सर्वसाधरणहरु आतंकित बनेका छन् ।

गाउँलेहरु एक सातादेखि रातभरि जागा बस्न बाध्य भएका छन् । हात्तीले अहिलेसम्म मानवीय क्षति नपुर्याएपनि भौतिक क्षति धेरै पुर्याएको स्थायनीवासी लिला बहादुर बस्नेतले  रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । उनका अनुसार हात्तीले केही घरहरु समेत भत्काईदिएको छ ।

गएको बुधबार राति जंगलबाट गाउँ पसेको तीन हात्तीले दुई घर भत्काउनुको साथै किसानको बालीनाली समेत नष्ट गर्ने गरेका छन् । अहिलेसम्म ढल्केवर, एकलेबर र केम्लीपुर गरी तनवटा टोलमा दुई दर्जनभन्दा बढी घरहरुमा हात्तीले क्षति पुर्याएका छन् भने किसानको बालीनाली समेत नष्ट गरेका छन् ।

हात्ती राति गाउँ पसेर आतंक मच्चाएपछि स्थानीयबासिन्दा त्रसित हुँदै सुत्न समेत छाडेका छन् । रातभरि जग्राम बसेर स्थानीय बासिन्दा जीउधनको सुरक्षा गर्न थालेको बस्नेतले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्