Logo

सबै राप्रपा एक हुनुको विकल्प छैन : राणा



जेठ २७, काठमाण्डौ । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले समान विचार भएका दल वा व्यक्तिको पहिचान गरेर एकताका लागि प्रयास गरिने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै राणाले संगठन विस्तारका लागि एकता र मेलमिलाप गर्नुपर्ने भएकाले त्यसका लागि समिति गठन गरिएको बताए ।

राणाले डा. प्रकाशचन्द्र लोहोनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी, कमल थापा नेतृत्वको राप्रपासहित अन्य झण्डै एक दर्जन समान विचार भएका दल वा समुहसँग एकताको प्रयास गरिने बताए ।

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, पशुपतिशमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहोनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी केही समयअघि एक भएका थिए ।

तर विवादकै कारण अहिले एउटै दल तीनतिर भएको छ । यसले कुनै पनि दल सफल नहुने भन्दै राणाले एकताको विकल्प नभएको बताए ।

तत्कालिन परिस्थितीले पार्टी फुटाउनुपर्ने अवस्था आए पनि अहिलेको परिस्थितीले मिलाउनुपर्ने भएको राणाको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्