काठमाडौं, २७ जेठ । विश्वकप फुटबलको महाकुम्भ मेला रुसमा हुँदैछ । यही जुन १४ देखि खेल सुरु हुँदैछ । विश्वकपमा ३२ राष्ट्रको सहभागिता छ । यसपालीको विश्वकपको उपाधि दाबेदारको रुपमा रहेको ब्राजिलको टीममा एकसे एक सक्षम र विश्वस्तरीय खेलाडीहरु रहेका छन् ।
विश्वकै महँगा खेलाडी नेयमार जुनियरदेखि लिएर विश्वका महँगा क्लबमा आवद्ध खेलाडीहरुले बाज्रिलियन टोली भरिएको छ ।
ब्राजिल समूह चरणको ‘ई’ मा छ । ब्राजिलले आफ्नो पहिलो खेल यही जुन १७ तारिकमा स्विट्जरल्याण्डसँग खेल्दैछ । तुलनात्मक रुपमा स्विट्जरल्याण्ड पनि बलियो राष्ट्र भएकोले यी दुई देशबीचको भीडन्त रामोञ्चित हुनेबारे अहिलेदेखि नै चर्चा चलेको छ ।
यही हुन ब्राजिलका २३ खेलाडीहरु र आवद्ध क्लब :
गोलकिपर : एलिसन (रोमा), एडर्सन (म्यान्चेस्टर सिटी), क्यासियो (कोरिन्थियन्स)
डिफेण्डरर्स : डानिलो ( म्यान्चेष्टर सिटी), फाग्नर ( कोरिन्थियन्स), मार्सेलो (रियल मड्रिड), फिलिप लुईस ( एथ्लेटिको मड्रिड), थियागो सिल्भा, मार्कुन्होस् ( दुवै पेरिस सेन्ट जर्मन), मिरान्डा (ईन्टर मिलान), पेड्रो गेरोमेल (ग्रेमिओ)
मिडफिल्डर्स : क्यासेमिरो (रियल मड्रिड), फर्नानडिन्हो (म्यान्चेष्टर सिटी), पाउलिन्हो (बार्सिलोना), फ्रेड (शख्तर डोनेटेस्क), रेनाटो अगुष्टो (बेइजिङ गुआवन), फिलिप काउन्टिन्हो( बार्सिलोना), विलियन (चेल्सी), डोग्लास कोष्टा (जुभेन्ट्स)
फरवार्डस् : नेयमार जुनियर (पेरिस सेन्ट जर्मन), टाईसोन (शाख्तर डोनेटस्क), ग्रावियल जेसस( म्यान्चेष्टर सिटी), रोबोर्टो फर्मिन्हो (लिभरपुल)