Logo

संघीय संसद्को संयुक्त बैठकको अध्यक्षता सभामुखले गर्ने प्रस्ताव



काठमाडौँ, २७ जेठ / संघीय संसद्को संयुक्त बैठकको अध्यक्षता सभामुखले गर्ने प्रावधानसहितको ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (सञ्चालन) नियमावली २०७५’ प्रस्ताव गरिएको छ ।

उक्त प्रस्तावसहितको नियमावली सोमबार अपराह्न १ः०० बजेका लागि बोलाइएको संघीय संसद्को संयुक्त बैठकमा पेश गरिँदैछ ।

चवालीस दफा र ८ परिच्छेदसहितको प्रस्तावित नियमावलीमा संयुक्त बैठक, व्यवस्थापन कार्यविधि, जनमत संग्रह, संसदीय सुनुवाइ समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको व्यवस्था गरिएको छ । नियमावलीमा अन्य संयुक्त समितिको कार्यविधि एवं अधिकारको व्यवस्था पनि गरिएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्