जेठ २९, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कामको जिम्मा लिएर समयमा सम्पन्न नगरे आफ्नै घरभेटीलाई पनि कारबाही गर्ने चेतावनी दिएका छन् ।
एवं पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले घरबेटी भए पनि नघरबेटी भए पनि जिम्मेवारी पूरा नगर्ने सबैलाई कानुनअनुसार कारबाही गर्ने बताएका हुन् ।
मंगलबार बिहान चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘घरबेटी र नघरबेटी भनेर चर्चा गर्न आवश्यक छैन । ठेकेदारहरुले समयमा र गुणस्तरीय काम गर्नुपर्छ । यदि त्यहाँ लापर्वाही छ भने सरकार कडाइपूर्वक जानुपर्छ भन्नेमा कसैको विमति छैन ।’
उनले अघि भने, ‘म जसको घरमा बसेको छु, त्यो घरको मान्छेले पनि गल्ती गर्यो भने कारबाही हुन्छ । गल्ती गरेको छैन भने प्रोत्साहित हुन्छ ।’
ठेकेदारमाथिको कारबाहीबारे आफूले गृहमन्त्रीलाई बोलाएर कुनै निर्देशन नदिएको उनले स्पष्ट पारे । गृहमन्त्रीलाई बोलाएर आफ्नो घरबेटीलाई कारबाही नगर्न चेतावनी दिएको दाबी गलत भएको उनले बताए ।
प्रचण्ड ठेकेदार शारदा अधिकारीको खुमलटारस्थित घरमा बस्दै आएका छन् । अधिकारीको शैलुङ कन्स्ट्रक्सनले विभिन्न सडकको ठेक्का लिएर समयमा काम सम्पन्न गरेको छैन ।
प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति अहिलेको एजेण्डा नभएको बताए ।
कार्यकारी राष्ट्रपति अहिलेको हाम्रो एजेण्डा होइन ।’ प्रचण्डले प्रस्ट पारे ।