Logo

ट्रम्प र उनले गरे यस्तो सम्झौता (भिडियोसहित)



जेठ २९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनले संयुक्त दस्तावेजमा हस्ताक्षर गरेका छन् ।

ऐतिहासिक वार्तापछि हस्ताक्षर गरिएको दस्तावेजमा के छ भन्ने कुरा खुलाइएको छैन । केहीबेरपछि दुई नेताको संयुक्त पत्रकार सम्मेलन हुने अमेरिकी राष्ट्रपति ट्रम्पले जानकारी दिएका छन् ।

ट्रम्प र किमबीच सिंगापुरको सान्तोसा आइल्याण्डस्थित होटलमा भेटवार्ता भएको हो ।

President Donald J. Trump delivers remarks following his historic summit with North Korean leader Kim Jong Un. https://fxn.ws/2JDnp5Z

Posted by Fox News on Tuesday, 12 June 2018

दुई नेताबीच ३८ मिनेट वार्ता भएको थियो । वार्तामा दुई जना नेता र उनीहरुका ट्रान्सलेटर मात्रै थिए । अमेरिकी राष्ट्रपतिले वार्तामा उत्कृष्ट सम्बन्ध भएको बताए ।

संयुक्त दस्तावेज हस्ताक्षर गर्नुअघि अमेरिकी राष्ट्रपति ट्रम्पले निकै राम्रो कुराकानी भएको बताए । कोरियासँगको सम्वन्ध विगतभन्दा अर्को अवस्थामा पुगेको उनले बताए ।

उत्तर कोरियाली नेता किमले विगतलाई छाडेर अघि बढेको र विश्वले आश्चर्यजनक परिवर्तन पाएको बताए ।

दस्तावेजमा हस्ताक्षरपछि दुवै नेताले हात मिलाए । फोटो सेसनका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम निकै चलाख भएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई सिंगापुरमा भव्य रुपमा सिंगारिएको वार्तास्थलमा भेटेका हुन् ।



प्रतिक्रिया दिनुहोस्