Logo

अमेरिका र उत्तर कोरियाले वृहत शान्ति सम्झौता गर्नुपर्छ : डा. महत



जेठ ३०, काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा भएको ऐतिहासिक शिखर वार्ताले विश्वभर तरङ्ग पैदा गरेको छ । नेपालमा पनि यसको चर्चा चुलिएको छ ।

नेपाली कांग्रेसका नेता तथा पूर्व परराष्ट्रमन्त्री डा. रामशरण महतले यो भेटवार्ताले सकारात्मक विकासक्रम अघि बढेको तर्क गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता महतले ट्रम्प र उन दुवैले आक्रमणको चेतावनी र धम्की दिदै आएकोमा हिजाको भेटले तिक्ततापूर्ण सम्बन्धमा सुधार आएको बताए ।

“हिजोसम्म युद्धको भाषा बोलिरहेका, एक अर्कालाई तर्साउन खोज्ने र अपमान गरिरहेका दुई देशका राष्ट्रप्रमुखहरु वार्तामा बसेर निशस्त्रीकरणको कुरा गर्नु विश्व शान्तिका लागि नै महत्वपूर्ण अध्याय हो ।” उनले भने ।

तर अहिलेको वार्ताले सकारात्मक संकेत गरे पनि ठोस नतिजाका लागि भने कार्यान्वयनको पक्ष हेर्नुपर्ने महतले बताए । “परमाणु हतियार निशस्त्रीकरणको सहमति भए पनि अब वृहत शान्ति सम्झौता गर्नुपर्छ ।” महतले भने ।

सैद्धान्तिक र नीतिगत रुपमा भएको सहमतिलाई वृहत सम्झौता गरेर सधैँका लागि विवाद र तिक्तता हटाउनेपर्ने महतको भनाई छ ।

https://www.youtube.com/watch?v=oIXxfObVxyU&feature=youtu.be



प्रतिक्रिया दिनुहोस्