Logo

सबैमा विश्वकप हेर्ने चाहना, यस्तो छ समर्थन



मिन विश्वकर्मा, नेता नेपाली कांग्रेस
नेपालले पनि विश्वकप फुटबल खेल्न सकेको भए हुन्थ्यो । कुनै एक दिन नेपालले पनि विश्वकप फुटबल खेल्न सकोस् । मेरो शुभकामना छ ।

मैले ब्राजिलका सफल खेलाडि पेलेको बारेमा धरै जानेको पढेको हुँदा म ब्राजिलकै समर्थक भएको छु । भित्री मनदेखि नै ब्राजिललाई समर्थन गर्ने गरेको छु ।

मेरो मन पर्ने खेल फुटबल भएकाले भ्याएसम्म विश्वकप फुटबल हेर्ने सोच बनाएको छु ।

राजुकाजी शाक्य, पूर्व कप्तान, नेपाली फुटबल टिम
मेरो समर्थन ब्राजिललाई छ । म सानोदखि नै ब्राजिलको फ्यान हुँ । हामी सानो हुँदादेखि नै पूर्वतिर ब्राजिलको खेल शैली पछ्याउने गर्दथ्यो । यसपटकको विश्वकप पनि ब्राजिलले नै जित्छ भन्ने लाग्छ ।

पछिल्लो विश्वकपमा जर्मनीसँग सात गोल खाएको ब्राजिलले धेरै पाठ सिकेको छ । अहिलेको टिम पनि बलियो छ । तर खेलमा ठोकुवा गरेर यसैले जित्छ भन्न सकिदैन ।
मलाई प्राय सबै खेलाडि मन पर्छ । अहिलेका स्टार खेलाडिहरु क्रिष्टियानो रोनाल्डो, मेसी, नेयमारसहित जर्मनीका खेलाडि मन पर्छ ।

विष्णु रिमाल, सल्लाहाकार, प्रधानमन्त्री केपी ओली
समय मिल्यो भने म विश्वकप फुटबल हेर्ने चाहना छ । समान्यता मलाई युरोपियन देशका फुटबल टिमभन्दा दक्षिण अमेरिकी देशका टिमहरु मन पर्छ ।

ब्राजिल र अर्जेन्टिना मलाई मन पर्ने टिम हुन् । युरोपमा जर्मनी मनपर्छ ।

अहिले चर्चामा रहेका खेलाडिहरु क्रिष्टियानो रोनाल्डो, मेसी, नेयमारसहित जर्मनीका खेलाडि मन पर्छ ।
प्रधानमन्त्री केपी ओलीलाई पनि विश्वकप फुटबलप्रति चासो छ । समय मिल्यो भने मिलाएर हेर्नुहुन्छ ।



प्रतिक्रिया दिनुहोस्