Logo

नेपालले विश्वकप फुटबल खेल्न अझै ५० वर्ष कुर्नुपर्छ : सदस्य सचिव विष्ट



काठमाडौं, ३१ जेठ । राखेपका सदस्य सचिव केशव विष्टले नेपालले अबको ५० वर्षपछिमात्रै विश्वकप फुटबलमा भाग लिन सक्ने बताएका छन् ।

बिहीबार साँझ प्राईम टाईम्स टेलिभिजनमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सदस्य सचिव विष्टले यस्तो बताएका हुन् । उनले भने,”अब नेपालले विश्वकप खेल्ने कुरा त ५० वर्षपछिमात्रै सम्भव छ, हामीले त्यति समय त कुर्नुपर्छ, किनकी हामीसँग अहिले त्यस्तो पूर्वाधार छैन ।”

नेपालले साफ र साग, एशियन कप खेल्न सक्ने भएपनि अहिले नै विश्वकपको सपना देख्न नहुने उनको भनाई थियो । विष्टले भने,”ऋषिजी विश्वकपको सपना अहिले नदेख्नुहोस् ।”

उनले आफू यसपालीको विश्वकपमा लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाको पक्षमा रहेको खुलासा गरे । उनलाई मनपर्ने खेलाडीमा म्याराडोना पर्छन् । त्यस्तै उनलाई अहिलेको खेलाडीमा चाहीँ ईजिप्टका मोहम्मद सलाह मनपर्छ ।



प्रतिक्रिया दिनुहोस्