असार १, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले अहिलेको आवश्यकता संविधान संशोधन नै भएको बताएका छन् ।
अहिलेको सरकारले आफूहरुले भनेअनुसार संविधान संशोधन गरेको बताउँदै यादवले प्रतिवद्धता पूरा गर्नुपर्ने बताए ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै उनले अहिलेकै परिस्थितीमा राजपा सरकारमा सहभागि नहुने बताए ।
अहिले राजपा राजपा सरकारमा सहागि हुने कुरा अनावश्यक भएको उनको भनाई छ ।
“तपाईहरु किन राजपालाई सरकारमा सहभागि हुन उद्धत हुनुहुन्छ, मैले बुझेको छैन । हाम्रै पार्टीका केही नेताहरु सरकारमा सहभागि हुने कुरा गरिरहनुभएको छ । तर उहाँहरुको कुराको महत्व हुँदैन ।” यादवले भने ।
पार्टीको शीर्ष तहबाट सरकारमा सहभागि हुनका लागि औपचारिक रुपमा वार्ता नै नभएको उनले बताए ।
सरकारले राजपाको मुद्दा सम्बोधन गर्ने कुनै लक्षण नै नदेखाएको यादवको भनाई छ ।