Logo

स्वस्थ रहनका लागि योग साधनाको बिकल्प छैन : मेयर पाण्डे



बिमल गौतम : तुुलसीपुर १ असार । तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले मानसिक तथा शारिरिक रुपमा स्वस्थ रहन योगको बिकल्प नभएको बताउनु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ को प्रावि श्रीगैमा आज देखि शुरु भएको साप्ताहिक प्रशिक्षण शिविरको उदघाटन गर्दै उहाँले त्यस्तो बताउनु भएको हो । उहाँले पछिल्लो समयमा योग प्रति मानिसहरुको आकर्षण वढेका्े प्रति खुसी ब्यक्त गर्दै यसलाई नियमित गर्न समेत आग्रह गर्नुभयो ।

बिश्वमा देखिएका ठुला ठुला चुनौतिहरुको सामना समेत योगको माध्यम बाट गर्न सकिने भन्दै मेयर पाण्डेले योगले समुन्नत राष्ट्र निमार्णमा अहम भुमिका निर्वाह गर्ने समेत बताउनु भयो । प्रमुख अतिथि पाण्डेले उपमहानगर पालिकामा दैनिक रुपमा सयौको सख्यामा उपचार खर्चका लागी सहयोग माग्न आउने गरेको भन्दै त्यसको समाधान भनेको योग भएको बताउनु भयो ।

योगले स्वस्थ्य मात्र नभई मानसिक रुपमा समेत मानिसमा सकारात्मक सोचको बिकास गराउने सहयोग पुग्ने दावि समेत गर्नु भयो । त्यस्तै मेयर पाण्डेले सरुवा रोग भन्दा नसर्ने रोगका कारण पछिल्लो समयमा मानिसहरुको ज्यान जाने गरेको प्रति चिन्ता ब्यक्त गर्दै खानपान , सकारात्मक सोच , आहार र ब्यवहार राम्रो गर्न सके रोग नलाग्ने बताउनु भयो । उहाँले अव उपमहानगर पालिकाले अव टोलै पिच्छे योग शिविर र घरै पिच्छे योग साधक भन्ने नाराका साथ सवैलाई योग गर्न प्रेरित गर्ने कार्यक्रम ल्याउने बताउनु भयो ।

तुलसीपुर उपमहानगर पालिका वडा नम्वर ७ का अध्यक्ष टोप बहादुर केसीको अध्यक्षतामा भएको शिविर उदघाटन कार्यक्रममा योग समिति राप्ति अंचल प्रभारि देवराज आचार्यले योग शिक्षालाई पाठयक्रममा राख्न सके यसको महत्व अझै वढने बताउनु भयो । बिद्यार्थिहरुमा नैतिक शिक्षाको कमि देखिएको भन्दै आचार्यले बिद्यालय स्तरबाट योग सिकाउन सके मात्रै नैतिकबान बिद्यार्थि हरु उत्पादन हुने दावि गर्नुभयो । उहाँले आफुहरुले जिल्लाका केहि बिद्यालयहरुमा योग कक्षा संचालन गरिरहेको भन्दै उपमहानगरले निमार्ण गर्ने पाठयक्रममा योग शिक्षा लाई अनिवार्य गराउन सुझाव दिनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै योग समिति जिल्ला प्रभारि घनश्याम अधिकारिले योगको क्षेत्र बिशाल रहेको भन्दै योगको माध्यम बाट राष्ट्र निमार्णमा योगदान पु¥याउन सकिने बताउनु भयो । कार्यक्रममा सहभागिहरुको तर्फबाट ईन्दीरा रिजाल , दुर्गा भण्डारि लगाएतको बोल्नु भएको थियो । योग शिक्षक मोतिराम वलिको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको संचालन पत्रकार बिमल गौतमले गर्नु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्