Logo

पोखराका मेयरले डोजर चलाउँदा पाँचजना घाइते



पोखरा, १  असार : लेखनाथ महानगरपालिकाले फिर्के खोलामा पैदलमार्ग (फुटट्रयाक) निर्माणको शुभारम्भ गर्ने क्रममा रेलिङ भाँचिदा सर्वसाधारण र पत्रकार फिर्केखोलामा खसेर घाईते भएका छन् ।

कार्यक्रमको समाचार संकलनको लागि पुगेका संचारकर्मी गण्डक न्युजका रञ्जन अधिकारी क्षेत्री र रेडीयो अन्नपूर्णका सन्देश श्रेष्ठ तथा स्थानीय गौरी पौडेलसहित ५ जना फिर्के खोलामा खसेका थिए।

पौडेलको मेट्रोसिटी अस्पतालमा उपचार भईरहेको छ भने पत्रकार अधिकारी उपचार पछि घर फर्किएका छन्। उनको शरीरका विभिन्न भागमा चोट लागेको छ।

कार्यक्रमका प्रमुख अतिथि रहेका पोखरा लेखनाथ महानगरपालिका कार्यालयका मेयर मान बहादुर जिसीले डोजर चलाएर उद्घाटन गर्ने क्रममा घटना भएको हो।



प्रतिक्रिया दिनुहोस्